२७ श्रावण २०८३, बुधबार

वेष्ट इन्डिजसँगको खेलमा नेपालले टस जितेर पहिला बलिङ रोज्यो



काठमाण्डौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग खेल्दैछ ।

खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । वेष्ट इन्डिजले पहिला ब्याटिङ गर्नेछ । खेल १२:४५ बजेदेखि सुरु हुनेछ ।

नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । वेस्ट इन्डिज दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन हो ।