२७ श्रावण २०८३, बुधबार

वेस्ट इन्डिजविरुद्ध करण केसीले दिलाए नेपाललाई पहिलो सफलता



काठमाडौं । आईसीसी विश्वकप छनौटमा वेस्ट इन्डिजविरुद्ध करण केसीले पहिलो सफलता दिलाएका छन् ।

हरारे स्पोर्टस क्लबमा टस जितेर बलिङ थालेको नेपालका लागि दोस्रो ओभर बलिङमा आएका करणले दुई बल डट फाल्दै तेस्रो बलमा विकेट लिए । उनले वेस्ट इन्डिजका ओपनर केइले मायर्सलाई कुशल भुर्तेलबाट उत्कृष्ट क्याच आउट गरेका हुन् ।