वेस्ट इन्डिजले दियो नेपाललाई ३४० रनको लक्ष्य
काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको विशाल लक्ष्य दिएको छ ।
हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनाएको हो।
वेस्ट इन्डिजका शाई होप र निकोलस पुरनले शतक बनाए । होप १ सय ३२ र पुरन १ सय १५ रनमा आउट भए ।
बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १र१ विकेट लिए ।













