२७ श्रावण २०८३, बुधबार

वेस्ट इन्डिजविरुद्ध नेपाललाई चौथो झड्का, कप्तान रोहित आउट



काठमाडौं । विश्वकप छनोट क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजले दिएको ३४० रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालले कुशल भुर्तेल, भीम सार्की र आसिफ शेखपछि कप्तान रोहित पौडेललाई गुमाएको छ । कप्तान पौडेल ४३ बलमा ३० रन बनाएर आउट भए । यसअघि आसिफ शेख २८, कुशल भुर्तेल ५ र भीम सार्की २ रनमा आउट भएका थिए ।

२० ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा नेपालले ८१ रन बनाएको छ ।