छोराको जन्मदिनमा चेम्जोङ्ग दम्पत्तिले दिए सन नेपाल लाइफको बीमालेख उपहार
छोराको जन्मदिनमा चेम्जोङ्ग दम्पत्तिले दिए सन नेपाल लाइफको बीमालेख उपहार
काठमाडौं । छोराको जन्मदिनका अवसर पारेर चेम्जोङ दम्पत्तिले जीवन बीमालेख उपहार दिएका छन् ।
इलामको माई नगरपालिका वडा–६ टारजन चेम्जोङ्ग र आमा कविता चेम्जोङ्गले छोरा हनोक चेम्जोङलाई जीवन बीमालेख उपहार दिएका हुन् । जीवन बीमाले जीवनको जोखिम बहन गर्नाका साथै बचतको बानीको समेत विकास हुनेभकाले उपहारमा नगद र जिन्सीको सट्टा बीमालेख दिइएको बुवा टारजन चेम्जोङले बताए ।
चेम्जोङ्ग दम्पत्तिले छोराको जन्मदिन पारेरे सन नेपाल लाइफ इन्स्योरेन्सको बाल समृद्धि जीवन बीमालेख उपहार दिएका हुन् । उनले सन नेपाल लाइफका पाँचथर रवि उपशाखाबाट १० लाख बीमाङ्क रकमको सो बीमालेख खरिद गरिदएको उपशाखा प्रमुख नवराज बुढाथोकिले जानकारी दिए ।
उनका अनुसार अभिकर्ता अनिस सुनुवार र मंगेश राईद्वारा सो बीमालेख गरिएको हो । शाखा प्रमुख बुढाथोकिले भने,–‘हरेक आमा वुवाको सपना छोरा छोरीको उज्जवल भविष्य निर्माण गर्नु हो र त्यो निर्माण गर्ने क्रममा आर्थिक असहजता खेप्नु नपरोस भन्ने मुल्याङकन गरि पनि बच्चाहरुको बीमा बेलैमा गर्दा राम्रो हुन्छ ।’













