१० श्रावण २०८३, आइतबार

रिलायवल लाइफ बन्यो पहिलो ‘ट्रिपल बी प्लस’ रेटिङ्ग पाउने जीवन बीमा कम्पनी

रिलायवल लाइफ बन्यो पहिलो ‘ट्रिपल बी प्लस’ रेटिङ्ग पाउने जीवन बीमा कम्पनी



काठमाडौं । रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले ट्रिपल बी रेटिङ्ग पाएको छ । कम्पनीले केयर रेटिङ्गबाट केयरएनपि ट्रिपल बी प्लस रेटिङ्ग पाएको हो ।

योसंगै रिलायवल नेपाल जीवन बीमा कम्पनीमध्ये पहिलो ट्रिपल बी प्लस रेटिङ्ग पाउने कम्पनी बनेको छ । उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ । यसअघि कम्पनीले केयर एनपि ट्रिपल रेटिङ्ग पाएको थियो ।

कम्पनीले आफ्ना लगानीकर्ता तथा हितकारीको सुरक्षाका निम्ति आफ्ना जोखिमलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गरेको छ। आगामी दिनमा पनि कम्पनीले आफ्ना परिसूचक अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।

कम्पनी प्रिमियम मूल्यमा आइपीओ निष्काशनको तयारीमा रहेको छ । कम्पनीले १९९ रुपैयाँ प्रिमियम थपेर २९९ रुपैयाँमा आइपीओ निष्कासनको तयारीमा छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डसंग अनुमति माग गरेको छ । कम्पनी ३ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर जारी गर्न अनुमति मागेको हो ।

कम्पनीको बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल रहेको छ ।