श्रीनगर एग्रिटेकको आइपीओ निष्कासनमा नबिल इन्भेष्टमेन्टले सघाउने
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच सम्झौता भएको छ ।
नबिल इन्भेष्टमेन्ट र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच साधारण सेयर (आइपीओ) निष्कासनमा सहयोग गर्ने सम्झौता भएको हो । सम्झौतामा श्रीनगर एग्रिटेकका प्रबन्ध निर्देशक सतीशचन्द श्रेष्ठ र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले हस्ताक्षर गरेको जनाइएको छ । सार्वजनिक निष्कासनका लागि श्रीनगर पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ ।












