८ श्रावण २०८३, शुक्रबार

साढे १४ अर्बको आइपीओ आउँदै, अनुमतिको पर्खाइमा २० कम्पनी (विवरणसहित)



काठमाडौं । थप १४ अर्ब रुपैयाँको आइपीओ निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डमा अहिले २० कम्पनीले आइपीओ निष्कानका लागि अनुमति माग गरेका हुन् । ती कम्पनीहरु मध्य दुई कम्पनी बुक विडिल्क विधिबाट र छ कम्पनीहरु प्रिमियमबाट आइपीओ निष्कासनका लागि अनुमति मागेका हुन् ।

२० कम्पनीले १४ अर्ब ६८ करोड ७९ लाख ३७ हजार ५३५ रुपैयाँ बराबरको ७ करोड २९ लाख ९५ हजार ६१ कित्ता आइपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् ।

तीन बीमासहित छ कम्पनी प्रिमियममा
तीन जीवन बीमा कम्पनीसहित छ कम्पनीले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएका छन् । छ कम्पनीको १२ अर्ब ६७ करोड ३४ लाख १८ हजार ६३५ रुपैयाँ बराबरको ४ करोड ८२ लाख १६ हजार ७३२ कित्ता आइपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् ।

सोनापुर मिनरल्स एण्ड आयल्सले ३ अर्ब २ लाख १५ हजार २२ हजार ६२३ रुपैयाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २२५ रुपैयाँमा स्थानीयबासी र कर्मचारीका लागि आईपीओ निष्कासन गर्ने छ भने सर्वसाधारणलाई १४९ रुपैयाँ ८४ पैसा प्रिमियम थपेर २४९ रुपैयाँ ८४ पैसामा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो ।

त्यस्तैगरि, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गर्ने छ । कम्पनीले १९९ रुपैयाँ प्रिमियम थपेर २९९ रुपैयाँमा आइपीओ निष्कासन गर्न अनुमति माग गरेको हो । कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो ।

यस्तै, सिटिजन लाइफले पनि प्रतिकित्ता १०० रुपैयाँमा थप १९० रुपैयाँ प्रिमियम २९० रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

यता, सन नेपाल लाइफले भने १०० रुपैयाँ अंकित मूल्यमा १५० रुपैयाँ ५५ पैसा प्रिमियमसहित प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको ९ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

साथै, मान्डु हाइड्रोपावर कम्पनीले ४० करोड ५८ लाख १९ हजार ७६० रुपैयाँ बराकरको १६ लाख ३६ हजार ३७० कित्ता सेयर निष्कासन गर्नेका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले स्थानीय र सर्वसाधारणलाई १०६ रुपैयाँ प्रतिकित्ताका दरले सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १६२ कित्ता सेयर निष्कासन गर्ने छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गर्ने भएको हो । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

दुई कम्पनीहरुले भने बुक बिल्डिङ विधि मार्फत

त्यस्तै, २ कम्पनीहरुले भने बुक बिल्डिङ विधि मार्फत आइपीओ निष्कासन गर्ने भएका छन् । सर्वाेत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधि मार्फत आइपीओ निष्कासन गर्ने भएका हुन ।

सर्वोत्तम सिमेन्टले सुरुमा २४ लाख कित्ता आईपीओ निष्कासन गर्ने बोर्डमा आवेदन दिएको हो । कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

रिलायन्स स्पिनिङ मिल्सले ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्कासन गर्ने छ । कम्पनीको बिक्री प्रबन्धक पनि ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

१२ कम्पनीको आइपीओ

त्यस्तै, १२ कम्पनीहरुले सर्वसाधारणका लागि आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । ती कम्पनीले २ अर्ब १ करोड ४५ लाख १८ हजार ९०० रुपैयाँ बराबरको २ करोड १६ लाख ७ हजार ६८९ कित्ता बरारबको आइपीओ निष्कासन गर्ने भएका हुन् ।

सबै भन्दा बढी ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड २९ लाख २५ हजार र मनकामना इन्जिनियरिङ हाइड्रोपावरले २८ लाख कित्ता सेयर निष्कासन गर्ने लागेको हो ।

कुनको कति ?


प्रतिक्रिया दिनुहोस्