पहिलो पटक आइपीओ भर्ने सोचमा हुनुहुन्छ ? यी हुन् आवश्यक पर्ने कागजात र प्रक्रिया !
काठमाडौं । पछिल्लो समय दिनानुदिन धितोपत्र बजारमा लगानीकर्ताको सहभागिताको अवस्था उत्साजनह रहेको छ । हाल डिम्याट खाताको संख्या ५६ लाख ५४ हजार पुगेको छ । यो संख्या कुल जनसङ्ख्याको १९.४ प्रतिशत हो । मेरो सेयर खाताको संख्या ४६ लाख ७१ हजार पुगेको छ ।
सर्वसाधारणमा सेयर सम्बन्धी चासो निकै बढि रहेको भए पनि अझै पर्याप्त चेतना भने आम जनसमुदायमा रहेको छैन । कतिपयले आफैले बुझेर आइपीओ भर्न गरेको भएता पनि धेरै जसाले साथी भाई आफन्तको सहयोगमा सेयर भर्ने गर्दछन् । अझै हेर्ने हो भने सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र मधेश प्रदेशका अधिकांश सर्वसाधारणलाई त यो बारे जानकारी नै छैन । अझै पनि विकट क्षेत्रका समुदायलाई आइपीओ के हो त्यसमा किन लगानी गर्ने भन्ने जानकारी समेत रहेको छैन । आज यस लेखमा हामीले आइपीओ भर्न पहिला के के प्रक्रिया अपनाउनु पर्छ भन्ने कुराको जानकारी दिएका छौं ।
सेयर बजारमा दुई किसिमका हुन्छन् ।
१) प्राथमिक बजार
कुनै कम्पनीद्वारा सर्वसाधारणका लागि जारी आईपीओ किन्न आवेदन दिनु प्राथमिक बजारमा प्रवेश गर्नु हो ।
२) दोस्रो बजार
दोस्रो बजार मूल्य अनुसार आफूले चाहेको सेयर किन्न सकिन्छ । यसरी खरिद गर्ने प्रक्रियालाई द्रोस्रो बजार भन्ने गरिन्छ ।
आइपीओ भर्न के के गर्नुपर्छ ?
बैंक खाता
सर्वप्रथम आइपीओ भर्नेका लागि तपाईलाई बैंक खाताको आवश्यक गर्ने गर्दछ । जुन सुकै वाणिज्य बैंक तथा विकास बैंकहरुमा तपाईको ब्यक्तिगत खाता नभएसम्म तपाई आइपीओ भर्ने प्रक्रियालाई अगाडि बढाउन सक्नु हुदैंन । त्यसैले सुरुवातमा बैंक खाता भए पश्चात यस प्रक्रियामा अगाडि बढ्न सकिन्छ ।
डिम्याट खाता
दोस्रो चरणमा भने हितग्राही (डिम्याट) खाता खोल्नु पर्ने हुन्छ । तपाईको बैंक खाता भए पछि मात्र डिम्याट खाता खोल्न सक्नुहुनेछ । उक्त खाता भने तपाईको सेयर राख्ने खाता हो । डिम्याट खाता खोल्नका लागि मर्चेन्ट बैंक (क्यापिटल) मा जानुपर्नेछ हुन्छ । सबै मर्चेन्ट बैंकहरुकै सहायक कम्पनी हुने भएको हुदाँ बैंक वा अन्य जुनसुकै बैंकमा गएर पनि डिम्याट खाता खोल्न सक्नुहुनेछ । डिम्याट खाता बैंकका शाखा तथा अनलाइनबाटै पनि खोल्न सकिन्छ ।
मेरो सेयर
त्यसपछि घर मै बसेर आइपीओ भर्नका लागि तपाईले मेरो सेयर खाता खोल्नु पर्ने हुन्छ । तर तपाईले मेरो सेयर सुविधा नलिए पछि भने बैंकमा गएर पनि आईपीओ भर्नु पर्ने हुन्छ ।
डिम्याट खाता खोले कै ठाउँमा मेरो सेयरको एउटा फारम भरे भने तपाईको इमेलमा युजर आईडी र पासवर्ड प्राप्त हुन्छ । त्यसपछि बैंकमा गएर सीआरएनको एउटा फारम भरेर बुझाए तपाईलाई बैंकले सीआरएन नम्बर दिनेछ । त्यो नम्बर तपाईंले सुरक्षित राख्नुपर्छ । त्यो नम्बर आइपीओ भर्ने काम लाग्छ ।
अब के गर्ने त ?
खोलेर वा मेरो सेयर एप डाउनलोड गरेर युजर आईडी राख्नु पर्ने हुन्छ । मर्चेन्ट बैंकले तपाईंलाई इमेलमा पठाएको पासवर्ड अब परिवर्त गरी आफूले चाहेको पासवर्ड राख्न पर्नेछ । साथै, पुनः ४ अंकको पिन नम्बर आफ्नो इच्छा अनुसार राख्नु पर्ने हुन्छ ।

अब मेरो सेयर खुल्छ अनि तपाईले ‘माई आस्वा’ क्लिक गरिसकेपछि अप्लाई फर इस्युमा जानु पर्नेछ हुन्छ । त्यसमा गई सके पछि कुन कम्पनीको आईपीओ खुलेको छ त्यहाँ देखिछ । अब तपाईले कुन कम्पनीको आइपीओ भर्ने हो ? उक्त कम्पनीको छेउमा रहेको अप्लाई भन्ने अप्सनमा क्लिक गर्नु पर्ने हुन्छ ।

सो कार्य गरी गरे पछि अब तपाईले बैंक खाता छान्नु पर्ने हुन्छ । बैंक खाता छान्ने वित्तकै अब तपाईको बैंक शाखा र खाता नम्बर आफै तल आउनेछ । कति कित्ताका लागि आवेदन दिने हो सो कित्ता खुलाउनहोस् । अनि कित्ता बापतको रकम तल आफै देखिनेछ । त्यपछि सीआरएन नम्बर राख्नु पर्ने हुन्छ ।

सबै भन्दा तल शर्त राखेको हुन्छ त्यसमा क्लिक गरेपछि चार अंकको पिन नम्बर माग्छ । त्यो पिन नम्बर हालेर ‘अप्लाई’ गरेपछि तपाईंको आईपीओ स्वीकृत भएको संकेत आउछ । यति भएपछि तपाईले आइपीओ भर्न प्रक्रिया पुरा हुन्छ ।














