सिटिजन लाइफले व्यतित बीमालेखमा शतप्रतिशत ब्याज छुट, सुविधा लिन तीन दिन बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क (ब्याज) छुट साथ पुनर्जागरण गर्ने भएको छ । उक्त सुविधा असार १५ गतेसम्म खुला रहने भएको छ ।
बीमा प्राधिकरणद्धारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७९ को दफा ११ को उपदफा २ र ३ ले प्रदान गरेको अधिकारको अधिनमा रही ब्यतित भएका बीमालेखहरु बीमितको चालु राख्नका लागि भुक्तानी गर्नु पर्ने नवीकरण बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा पूर्ण छुट दिएको हो ।
बिलम्ब शुल्क छुट बीमा अवधि भरी एक पटक मात्र पाइने हुदाँ तोकिएको समय भित्र नवीकरण बीमाशुल्क भुक्तानी गर्ने कम्पनीले अनुरोध गरेको हो













