तेह्रथुम पावरले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको असार १२ गते बसेको संचालक समितिको बैठकले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । अब उक्त हकप्रद सेयर स्वीकृतिका लागि कम्पनीको साधारण सभामा पेश हुनेछ ।
उक्त प्रस्ताव सभाबाट पारित भएर नियामक निकायहरुको अनुमतिका लागि निवेदन दिने कम्पनीले जनाएको छ ।













