घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने, विद्युत नियमन आयोगले दियो अनुमति
काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीलाई हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगले १ः२ को अनुपातमा हकप्रद जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले १ः२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको हो । कम्पनीको हाल कम्पनीको चुक्तापूँजी ५५ करोड रहेको छ । २०० प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात् कम्पनीको चुक्तापूँजी १ अर्ब ६५ करोड पुग्नेछ ।













