१० श्रावण २०८३, आइतबार

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज, के के छन् एजेण्डा ?



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ८औं वार्षिक साधारण सभा आज अर्थात असार १५ गते बस्दैंछ। जेठ २५ गते बसेको सञ्चालक समितिको बैंठकले सभा अमृतभोग, ककालिका स्थान, कााठमाडौंमा बिहान ११ः३० बजे बस्ने आव्हान गरेको हो ।

सभामा आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाईलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ।

साथै, आ.व २०७८।७९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नुका साथै कम्पनीले लेखापरीक्षको प्रतिवेदन सहित २०७९ असार मसान्तको वसालत र २०७८।०७९ को नाफा, नोक्सान हिसाब सम्बन्धि अनुसूचीहरु छलफल गर्ने छ ।

सभामा बाह्य लेखापरिक्षकमा टिआर उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स,लालदरबार काठमाढडौंलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ । सभामा कम्पनीको प्रबन्धपत्र प्रस्ताववित संशोधन नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्ने सञ्चालकलाई अख्तियारी प्रदान गर्नेछ ।

कम्पनीले सभा प्रयोजनको लागि असार ७ गते बुक क्लोज गरेको छ ।


प्रतिक्रिया दिनुहोस्