सिटिजन लाइफले ब्यतित बीमालेख पुनर्जागरण गर्दा शतप्रतिशत ब्याजमा छुट दिने समय थप
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत व्याज छुट दिने भएको छ ।
यसअघि उक्त छुट असार १५ गतेसम्म मात्र भनेकोमा समय अवधि थप गरी असार ३१ गतेसम्म लम्बाइएको हो ।
कम्पनीबाट जारी भएका बीमालेखको नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्क पुर्ण छुट प्रदान गरिनेछ ।
साथै, उक्त छुट बीमा अवधिभरी एक पटक मात्र पाइने कम्पनीले जनाएको छ ।
सूचना हेर्नुहोस्














