सूर्यज्योति लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि शाखा प्रमुख
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले सातै प्रदेशका लागि शाखा प्रमुख माग गरेको हो ।
उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक तह वा सो सरहको परीक्षा उत्तिर्ण गरेको, २१ वर्ष पुराई भई ४० वष ननाघेको र बैंक तथा वित्तीय संस्थामा कम्तिमा एक वर्ष वा बिक्री बजार ब्यवस्थापनको क्षेत्रमा दुई बर्ष अनुभव भएको हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार ३१ गते साँझ ५ः३० बजेसम्म दरदास्त फारम मार्फत आवेदन दिन सक्नेछन् ।














