नेको इन्स्योरेन्सको संचालकमा डा. नीलिमा श्रेष्ठ नियुक्त
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले संचालकमा डा. नीलिमा श्रेष्ठलाई नियुक्त गरेको छ ।
कम्पनीको सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने संचालक पदमा सेयरधनी तराई भिलेज इन्भेष्टमेन्टको तर्फबाट संचालक समितिको बाँकी कार्यको लागि श्रेष्ठलाई नियुक्त गरेको हो ।
उनलाई असार १५ गते बसेको संचालक समितिको बैठकले पद बहानी गर्ने निर्णय गरेको हो ।














