कहिलेसम्म कायम सेयरधनीहरुले अरुण काबेली पावरको हकप्रदमा आवेदन दिन पाउछन् ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कहिलेसम्म कायम सेयरधनीहरुले अरुण काबेली पावरको हकप्रदमा आवेदन दिन पाउछन् ?



काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले बुक क्लोजको मिति तय भएको हो ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले असार २५ गते बुक क्लोज गर्ने भएको हुदाँ असार २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै मात्र आवेदन दिन पाउनेछन् ।

कम्पनीलाई हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । कम्पनीलाई १ः१ को अनुपातमा १०० रुपैयाँको दरका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्