नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । नागरिक लगानी कोषले लाभांश सुरक्षित गर्ने आज (असार १८ गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले असार १९ गते बुक क्लोज गर्ने भएको हुदाँ असार १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहररुलाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले २८औं वार्षिक साधारण सभा असार ३१ गतेका लागि बोलाएको छ । सभा कोषको केन्द्रिय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो ।
साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल गरी पारित प्रस्ताव समेत रहेको छ । सभामा एक जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।













