९ श्रावण २०८३, शनिबार

मुद्दती निक्षेपमा नेपाल पुनर्बीमा कम्पनीले लगानी गर्ने



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

कम्पनीको लगानी योग्य रकम नेपाली रुपैयाँ क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्ष वा सो भन्दा बढी अवधिको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको हो । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेशन सम्बन्धी फाराम भरी अबको सात दिन भित्र केन्द्रिय कार्यालयमा आवेदन दिन सकिनेछ ।

साथै, प्रस्तावको मान्य अवधि एक महिनाको हुनुपर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्