म्युचुअल फन्डले डुबायो, ३२ मध्ये २८ कोषको युनिट मूल्य १० रुपैयाँभन्दा कम
काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेन्जमा ३३ वटा सामूहिक लगानी कोष ९म्युचुअल फन्ड०हरू सूचीकृत छन् । यसमध्ये अधिकांश कोषका एकाइको मूल्य न्यूनतम अङ्कित मूल्यभन्दा पनि सस्तो भएको छ । नेप्सेमा सोमबारको बन्द मूल्यलाई आधार मानेर हेर्ने हो भने दोस्रो बजार कारोबारमा आएका ३२ मध्ये २८ एकाइको मूल्य १० रुपैयाँ प्रतियुनिटभन्दा कम छ ।
जबकि लगानीकर्ताले यी सबै एकाइहरूलाई १० रुपैयाँका दरले किनेका थिए । आरबीबी म्युचुअल फन्ड २ भने अहिलेसम्म दोस्रो बजार कारोबारमा आएको छैन । कारोबार भइरहेका एकाइको अवस्था पनि उस्तै दर्दनाक छ । अहिले केही कोषका एकाइहरूको बजार भाउ प्रतियुनिट ७ रुपैयाँ ३० पैसासम्म पनि झरेका छन् । मेगा म्युचुअल फन्ड १ को मूल्य ७ रुपैयाँ ३० पैसा र एनआईबीएल समृद्धि फन्ड २ को मूल्य ७ रुपैयाँ ३३ पैसामा झरेको छ ।
नबिल ब्यालेन्स फन्ड ३, आरबीबी म्युचुअल फन्ड १, सानिमा लार्ज क्याप फन्ड र सनराइज ब्लुचीप फन्डका एकाइहरूको मूल्य पनि ८ रुपैयाँभन्दा कम छ । यसको मत लव यी एकाइहरूको भाउ पुनः प्राथमिक निष्कासनका बेलाजस्तै प्रतियुनिट १० रुपैयाँ पुगिदियो भने कम्तीमा पनि २५ प्रतिशत नाफा हुने छ । तर अहिलेको अवस्थामा यस्ता एकाइमा लगानी गर्न को तयार होला रु
अहिलेको अवस्थामा सानिमा इक्वीटी फन्ड, सनराइज फस्ट म्युचुअल फन्ड, एनएमबी हाइब्रिड फन्ड १ र एनएमबी ५० सहित चार वटा कोषका एकाइको भाउ मात्रै १० रुपैयाँभन्दा माथि छ । तर ११ रुपैयाँ कसैको पनि नाघेको छैन । ३२ मध्ये २२ वटा कोषका एकाइको मूल्य ९ रुपैयाँ पनि पुगेको छैन । यसले लगानीकर्ताको सम्पत्ति जोखिममा परेको देखाउँछ ।
कम्पनीहरू यस्ता सामूहिक लगानी कोष स्थापना गर्दै पैसा जम्मा पार्ने असान्दर्भिक मेसोमा जुटेका थिए । सर्वसाधारणले थोरै थोरै पैसा दिए पनि यस्ता कोषहरूले त्यसका व्यवस्थापकलाई ठुलो मद्दत मिलिरहेको थियो । तर अब यस्ता कोषहरूमा गरेको लगानीले फसिने रहेछ भन्ने धेरैले बुझ्न थालेका छन् । त्यसै कारण यस्ता कोषका एकाइहरू न त प्राथमिक बजारमा राम्रोसँग विक्री भइरहेका छन्, न त दोस्रो बजारमा नै लोभलाग्दो मूल्य हासिल गर्न सकेका छन् ।
यस्तो छ ३३ वटा म्युचुअल फन्डको दोस्रो बजार मूल्य:














