९ श्रावण २०८३, शनिबार

हिमालयन एभरेष्ट इन्स्योरेन्समा विभिन्न पदका लागि खुल्यो जागिर, शैक्षिक योग्यता कति ?



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा रोजगारी खुलेको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

एक सूचना निकाल्दै कम्पनीले केन्द्रीय कार्यालयका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रीय कार्यालयको रिइन्स्योरेन्स डिपार्टमेन्टको लागि १ जना कर्मचारी माग गरेको छ । जसका लागि विजनेशमा ब्याचलर डिग्रि गरेको हुनपर्नेछ । सो पदका लागि निर्जीवन बीमामा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।

यस्तै, कम्पनीले फाइनान्स डिपार्टमेन्टका म्यानेजर तह र एसिसटेन्ट तहका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । म्यानेजर तहका लागि निर्जीवन बीमा क्षेत्रमामा २ वर्षको कार्य अनुभव हुनुपर्ने छ । यसका लागि शैक्षिक योग्यता भने चार्टर्ड एकाउन्टेन्सी उत्र्तिण गरेको हुनुपर्ने छ। यता, एसिसटेन्ट तहका लागि भने बिजनेशमा ब्याचलर डिग्री गरेको वा अध्ययन गरिरहेको हुनुपर्ने छ । तर, यसका लागि १ वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेको हुनुपर्ने छ ।

त्यसैगरि कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा पनि एसिसटेन्ट तह र जनरल म्यानेजर तहका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । सो पदका लागि बिजनेशमा ब्याचलर डिग्री गरेको वा सो सरह शैक्षिक योग्यता तोकिएको छ । निर्जीवन बीमा क्षेत्रमा काम गरेको अनुभवि चाहिने सूचनामा उल्लेख छ ।

सो पदहरुमा इच्छुक योग्य नेपाली नागरिकहरुले आजैका मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । सूचनामा तोकिएको आवश्यक कागजातसहित आवेदन दिन सकिनेछ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:


प्रतिक्रिया दिनुहोस्