प्रिमियम मूल्यमा आइपीओ जारी गर्न सिटिजन लाइफले पायो बोर्डको अनुमति
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्नका लागि अनुमति पाएको छ ।
कम्पनीले प्रियिमममा आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको हो ।
कम्पनीले १ सय रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।












