९ श्रावण २०८३, शनिबार

हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट दिने



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क छुट दिने भएको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै कम्पनीका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

हिमालयन लाइफ इन्स्योरेन्स (साविकको प्राइम, युनियन र गुराँस लाइफ) बाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा २०८० असार १९ गते देखि २७ गतेसम्ममा पुनर्जागरण गर्दा विलम्ब शुल्कमा शत प्रतिशतसम्म छुट प्रदान गर्ने जनाएको छ ।

सूचना


प्रतिक्रिया दिनुहोस्