आयरल्याण्डलाई नेपालले दियो २६९ रनको लक्ष्य
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ ।
जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा टस हारेर ब्याटिङ थालेको नेपालले सबै ओभरमा खेल्दै आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको हो।












