नागरिक लगानी कोषको २४ हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?
काठमाडौं । नागरिक लगानी कोषले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २४ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीको सेयरको मूल्य प्रतिकित्ता १ हजार ४५ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ । लगानीमर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
लगानीकर्ताहरूले असार २७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापटल लिमिटेड रहेको छ ।













