आजसम्म कायम सेयरधनीहरुले मात्र अपि पावरको हकप्रद सेयरमा आवेदन दिन पाउने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आजसम्म कायम सेयरधनीहरुले मात्र अपि पावरको हकप्रद सेयरमा आवेदन दिन पाउने



काठमाडौं । अपि पावर कम्पनी हकप्रद सेयरमा आज अर्थात असार २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् ।

कम्पनीले हकप्रद सेयरको लागि असार २२ गते बुक क्लोज गर्ने भएको हुदाँ असार २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् ।

कम्पनीलाई १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डले अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ ।

कम्पनीको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्