एसईई नतिजा सार्वजनिक, यसरि हेर्नुहोस नतिजा
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मलेन गर्दै नजिता सार्वजनिक गरेको हो ।
बोर्डले अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको छ । २०७२ सालको प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।
यस पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ‘ए प्लस’, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’, ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी प्लस’, २० देखि ३० भन्दा कम ल्याउनेलाई ‘डी’ तथा २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गरिन्छ ।
गत चैत १७ देखि २९ गतेसम्म देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा एसईई परीक्षा सञ्चालन भएको थियो । उक्त परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल ४ लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागि थिए । परीक्षा बोर्डका अनुसार २ लाख ४२ हजार ७१२ जना छात्रा र २ लाख ४२ हजार ६७४ जना छात्रहरु परीक्षामा सहभागि थिए । प्राविधिक क्षेत्रतर्फ भने १५ हजार ४६१ जना परीक्षार्थी एसईईमा सहभागी भएको बोर्डले जनाएको छ ।
नतिजा कसरी हेर्ने ?
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ । सो परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइट मार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।
कल गरेर – नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिनेछ ।
एसएमएस – मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा SEE लेखेर एक स्थान (Space) छाडी अल्फाबेट सहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा पठाउने । उदाहरणको लागि SEE 12345678A टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुनेछ ।
वेबसाइट – नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np र नेपाल टेलिकमको www.see.ntc.net.np बाट पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।
साथै यी तल लिएका बेवसाइट मार्फत पनि नजिता हेर्ने सकिनेछ ।
३. बेवसाइटहरु:
m) www.nepaleducatipnportal.com
o) www.results.matraeducation.com














