७ श्रावण २०८३, बिहिबार

सामुदायिक लघुवित्तको साधारण सभा आज बस्दैं



काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आज अर्थात असार २२ गते बस्दैंछ । सभा धुलिखेल लज रिसोर्ट धुलिखेल ३ नयाँगाउँमार्ग काभ्रेपलाञ्चोकमा बस्ने गरी आव्हान गरेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवदेन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिकको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले अन्य लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । बिपिडब्लु लघुवित्तसँगको मर्जर कार्यको प्रक्रिया अगाडि बढाउने सञ्चालक समितिको निर्णय सभाले पारित गर्नेछ ।

सोही सभाले संस्थापक बाट ४ जना र सर्वसाधारण बाट २ जना संचालक चयन गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १४ गते बुक क्लोज गरेको छ ।


प्रतिक्रिया दिनुहोस्