सिनर्जी पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, बोर्डले दियो अनुमति
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले चुक्तापुँजीको २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएको छ । अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद निष्कासन गर्ने छ ।
कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।













