९ श्रावण २०८३, शनिबार

पालिकाको बीमा अनुदान माइक्रो इन्स्योरेन्समा प्रयोग हुनुपर्छ: कार्यकारी निर्देशक पौडेल



विराटनगर । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पालिका स्तरको बीमा अनुदान माइक्रो इन्स्योरेन्समा प्रयोग हुनुपर्ने बताएका छन् । शुक्रबार विराटनगरमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको कारोबार समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय पालिकाहरुले बीमाको नाममा बिभिन्न अनुदान दिदैं आएका छन् । त्यस्तो रकम माइक्रो इन्स्योरेन्स प्रयोग हुनुपर्ने उनको भनाइ छ ।

यस्तै, माइक्रो इन्स्योरेन्स कम्पनीले पालिका स्तरमै बीमा डेस्क राखेर कारोबार विस्तरा गर्नुपर्ने उनले बताए । समग्रमा अब लघुबीमाले न्यून आय भएको समुदायमा बीमा पहुँच पुग्ने उनले बताए।

यो पनि


प्रतिक्रिया दिनुहोस्