स्वावलम्बन लघुवित्तको सेयर किन्ने होइन त ? प्रतिकित्ता ५५० रुपैयाँमा खरिद गर्ने सक्ने
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीका ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी राम कुमार श्रेष्ठको नाममा रहेको ६० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो । उक्त सेयरको खरिद मूल्य प्रतिकित्ता ५५० रुपैयाँ रहेको छ ।
सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित काननु बमोजिम अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ ।













