अपर तामाकोशी हाइड्रोपावरले शत प्रतिशत हकप्रद निष्कासन गर्ने, बोर्डले दियो अनुमति - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अपर तामाकोशी हाइड्रोपावरले शत प्रतिशत हकप्रद निष्कासन गर्ने, बोर्डले दियो अनुमति



काठमाडमौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्नेका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको हो । अब कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीको विक्री प्रबन्धकमा सिटीजन इन्भेष्टमेन्ट ट्रष्ट र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्