हिमालयन लघुवित्त १२औं वर्षमा प्रवेश, सेवालाई थप सवल र गुण्नस्तरिय बनाउने प्रतिवद्धता
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड(साविक सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड) ले विभिन्न स्थानमा विविध कार्यक्रमहरु सञ्चालन गरेको छ । आज (असार २१ गते) आफ्नो स्थापनाको ११औं वर्ष पूरा गरी १२ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा विविध कार्यक्रमहरु सञ्चालन गरेको हो ।
कम्पनीले अझै सेवालाई थप सवल र गुणस्तरिय बनाउने प्रतिवद्धता गरेको छ । कम्पनीले प्रत्येक वर्ष देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउँदै आएकोमा यस पटक पनि रक्तदान कार्यक्रम सञ्चालन, सामुदायिक विद्यालयहरुमा छात्राछात्रहरुलाई शैक्षिक सामग्री वितरण, विपन्न वर्गको आयआर्जन अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन, समुदायमा इस्टबिन वितरण तथा सरसफाई लगायतका कार्यक्रमहरु आयोजना गरी ११ औं वार्षिकोत्सव हर्षोल्लासका साथ मनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीसंगको समन्वयमा वित्तीय संस्थाले सुनसरी जिल्लाको कुम्का, बजारमा बृहत खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरेकोमा करिब ४५ जना सहभागीले रक्तदान गरेका थिए । यसैगरी संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत दलीत तथा विपन्न वर्गका करिव ५२४ जना छात्राछात्रहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ भने विभिन्न जिल्ला स्थित वडा कार्यालय मार्फत डस्टविन वितरण, वक्षारोपण तथा सरसफाई कार्यक्रम समेत आयोजना गरेको थियो ।
यसका साथै, संस्थाले कलैया जिल्लाका प्रासट गट मन्दिर परिसरमा तिर्थालुहरुको लागि विमानस्थलमा बेन्च तथा अन्य आवश्यक सामग्रीहरु सहयोग गरेको छ । यस संस्थाको हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७५ हजार मेटा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै रु. १ अर्ब १ करोड बचत संकलन गरी रु. ४ अर्व ४२ करोड लगानी रहेको छ ।













