फेसबुक मेसेन्जर डाउनः फोटो र भिडियो सेन्ड नहुने समस्या
काठमाडौं । मेटाको म्यासेजिङ एप मेसेन्जरमा समस्या आएको आएको छ । प्रयोगकर्ताहरूले फेसबुक मेसेन्जर एपमार्फत फोटो र भिडियो पठाउन नसकेको गुनासो सामाजिक सञ्जालमा राखेका छन् ।
सयौं प्रयोगकर्ताले डाउन डिटेक्टरमा रिपोर्ट गरेका छन् । नेपालसहित बेलायत, अमेरिकासहित विभिन्न देशका प्रयोगकर्ताले समस्या आएको जनाएका छन् ।












