राष्ट्र बैंकले दियो राष्ट्र उत्थानलाई प्राप्ति गर्न आशा लघुवित्तलाई अन्तिम स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई अन्तिम स्वीकृति दिएको छ ।
आशा लघुवित्तलाई १ः१ अनुपातमा प्राप्ति गर्न स्वीकृति राष्ट्र बैंकले दिएको हो । यसअघिनै राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न नेपाल धितोपत्र बोर्डले आशा लघुवित्तलाई सैद्धान्तिक सहमति दिइसकेको छ ।
यी दुवै संस्थाहरुले गत चैत २९ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।













