अमेरिकामा अध्ययनरत भेटवालले दिइन् रामेछापको जनजागृत माविलाई शैक्षिक सामग्री
काठमाडौं । अमेरिकामा अध्ययनरत प्रजिता भेटवालले शैक्षिक सामाग्री वितरण गरेकी छिन् । भेटवाल अमेरिकाको बेलरमाइन विश्वविद्यालयमा अध्ययनरत छिन् ।
उनले युनिभर्सिटीको शैक्षिक कार्यक्रममा जितेको पुरस्कारबाट नेपालको रामेछाप जिल्लाको गोकुलगँगा ४ बेतालीमा अवस्थित जनजागृत माध्यामिक विद्यार्थीहरुलाई शैशिक सामग्री वितरण गरेकी हुन् ।
करिव ५५० जना विद्यार्थीहरु लाभान्वित हुनेगरि खेलखुद तथा शैक्षिक सामग्री लगायत पुस्ताकालयको लागि पुस्तकहरु वितरण गरेकी छिन् ।
महिला लघुवित्तको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा ३ दिने निशुल्क शिविर कार्यक्रममा सहभागी भई शैक्षिक सामाग्री वितरण गरेकी हुन् ।













