जोशी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
कम्पनीले हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँको प्रतिसेयर १ सय अंकित मूल्यमा १ः०.६५ अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।












