अन्तिम दिनसम्म पनि बिकेन हिमाल दोलखा हाइड्रोपावरको ४९ लाख कित्ता हकप्रद सेयर
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा ७० करोड ११ लाख ५४ हजार २०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार अन्तिम दिन अर्थात असार २५ गतेभित्र ४२ हजार ५२८ जना आवेदकले ७० लाख ११ हजार ५४२ कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर कम्पनीले निष्कासन गरेको थियो । जसमा अझैं कम्पनीको ४९ लाख ८८ हजार ४५८ कित्ता सेयर बिकेन ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बैसाख २७ गते बुकक्लोज गर्ने भएको हुदाँ बैसाख २६ गतेसम्म कायम सेयरधनीहरूले मात्र हकप्रद सेयर खरीदका लागि आवेदन दिएका थिए ।
कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।













