लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोलायो साउन १७ गते साधारण सभा
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले साउन १७ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन भगवली बहाल नक्साल, काठमाडौंमा अपराह्न ४ बजे बस्ने गरी आव्हान गरेको छ ।
सभाले आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै संस्थापक सेयरधनीहरूको तर्फबाट नियुक्त सञ्चालकको नियुक्ति अनुमोदन समेत गर्नेछ । कम्पनीले सेयर संरचना परिवर्तनको प्रस्तावसमेत सभाका लागि तय गरेको छ ।
लगानीकर्ताको हात भने कम्पनीले रित्तो बनाएको छ ।
कम्पनीले साउन ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।













