९ श्रावण २०८३, शनिबार

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई ४० थान अत्याधुनिक मोबाइल वितरण



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योन्स लिमिटेडले काठमाडौं उपत्यका ट्राफिक कार्यालयलाई स्मार्ट फोन वितरण गरेको छ । कम्पनीले ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडाैं आयोजित एक समाराेहबीच ४० थान अत्यधुनिक मोबाइल फोन वितरण गरेको हो ।

https://fb.watch/lIYyFKDcFV/?mibextid=Nif5oz

इन्स्योन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विजय बहादुर शाहले प्रहरी नायव महानिरिक्षक पोषराज पोखरेललाई उक्त मोबाइल सेटहरु हस्तान्तरण गरेका हुन् । विगत ३० वर्ष देखी निर्जिवन बिमा सेवा प्रदान गर्दै आएको इन्स्योेरेन्सले काठमाण्डौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुको व्यावसायिक क्षमतामा अभिवृद्दि होस भन्ने उद्देश्यका उक्त मोबाइल फोन वितरण गरेको हो ।

कम्पनीले आफनो संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत उक्त फोन सेटहरू उपलब्ध गराएको हो । उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतबाट काठमाण्डौं उपत्यका भित्र वढदो सवारी साधनहरु विशेषगरी मोटरसाइकल चोरीका घटना नियन्त्रणमा उक्त टेलिफोन सेटहरुले सहयोग पुर्याउने विश्वाश लिदै कम्पनीले आगामी दिनहरुमा पनि ट्राफिक प्रहरीलाई सहयोग पुरयाउने प्रतिवद्दता ब्यक्त गरे ।

कार्यक्रममा प्रहरी नायव महानिरिक्षक पोष राज पोखरेलले कम्पनी प्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त मोवाइल सेटहरुले ट्राफिक प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वाश व्यक्त गर्दै आगामी दिनहरुमा पनि कम्पनी र ट्राफिक प्रहरी विचको सहकार्यले निरन्तरता पाउने अपेक्षा रहेको बताए ।

कार्यक्रममा कम्पनीका वरिष्ठ कर्मचारीहरु, प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्ट लगायत अन्य प्रहरी अधिकृतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्