९ श्रावण २०८३, शनिबार

जन्मदिनको अवसरमा आफ्नो बीमा गरी श्रीमतीलाई समेत पोलिसि उपहार



काठमाडौं । जन्मदिन, विवाहउत्सव जस्ता अवसरहरुमा ओइलाएर जाने फूल र खादा उपहार दिनुभन्दा जीवनभर याद दिलाउने बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । जिन्सी, नगद र उपहारका सामग्री भन्दा आफ्नो सन्तानलाई भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ ।

सो क्रममा खोटाङ्ग दिक्तेल रुपाकोट मझुवागाढी ३ का बलराम पाण्डेले जन्म दिनको अवसरमा आफ्नोसहित श्रीमतीलाई बीमा पोलिसी उपहार दिएका छन् । असार २६ गते पर्ने गएको जन्म दिनको अवसरमा आफ्नो १५ लाख र श्रीमती देबि खड्का पाण्डेको १० लाखको आइएमई लाइफ इन्स्योरेन्समा सरल साबधिक जीवन बीमा गराएका हुन् ।

बिगत १२ वर्षदेखि साउदी अरबमा काम गर्दै आएका पाण्डे छुट्टीको अवसर नेपाल आएको बेला बीमा गराएका हुन् ।


प्रतिक्रिया दिनुहोस्