प्रभु लाइफको सेयर कारोबार भोलिदेखि १५ दिन रोक्का हुने
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भोलि अर्थात असार २९ गतेदेखि १५ दिन रोक्का हुने भएको छ ।
प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भोलिदेखि एकीकृत कारोबार गर्दैछ । सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि सेयर कारोबार रोक्का हुने भएको हो ।












