९ श्रावण २०८३, शनिबार

एक वर्षपछि बन्यो ‘प्रभु महालक्ष्मी’: आजदेखि एकीकृत कारोबार, अध्यक्षमा भट्टचन, सीइओमा भट्टराई



काठमाडौं । आजदेखि (असार २९ गते) प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गर्दैछन् ।

यी दुई कम्पनी एक आपसमा मर्ज भई प्रभु महालक्ष्मीको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । प्रभु र महालक्ष्मी एक आपसमा गाभिनका लागि गत वर्ष २०७९ को असार ३० गते प्रारम्भिक सहमति भएको थियो ।

यी दुवै कम्पनीबीच मर्जरमा जान गत जेठ ३ गते अन्तिम सहमति भएको थियो । प्रारम्भिक सहमति भएको एक वर्षपछि कम्पनीले एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । प्रभु र महालक्ष्मी समान हैसियतमा गाभिएका हुन् ।नियामक निकाय नेपाल बीमा प्राधिकरणले पनि गत जेठ २९ गते अन्तिम स्वीकृत प्रदान गरेको थियो ।

मर्जपछि बन्ने प्रभु महालक्ष्मी लाइफको संचालक समितिको अध्यक्षमा प्रभु लाइफको तर्फबाट शिक्षा भट्टचन हुने सहमति भएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) भने महालक्ष्मी लाइफको तर्फबाट रमेश कुमार भट्टाई हुने भएका छन् ।
मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब १९ करोड बढी हुनेछ ।


प्रतिक्रिया दिनुहोस्