९ श्रावण २०८३, शनिबार

जोखिम समूह अन्तर्गतको पुल व्यवसाय यथावत रुपमा ‘नेपाल पुनर्बीमा’लाई हस्तान्तरण गर्न निर्देशन



काठमाडौं । आतंकवाद जोखिम समूहको व्यवसाय नेपाल पुनर्बीमा कम्पनीले नै पाउने भएको छ । नेपाल बीमा प्राधिकरणले आतंकवाद जोखिम समूहको व्यवसाय नेपाल पुनर्बीमालाई नै उपलब्ध गराउन निर्देशन दिएको हो ।

प्राधिकरणले आकस्मिक बीमा कोषको शत प्रतिशत रकम नेपाल पुनर्बीमा कम्पनीलाई उपलब्ध गराउन निर्देशन दिएको छ । असार २९ गते निर्जीवन बीमा कम्पनीहरुलाई पत्र जारी गर्दै उक्त निर्देशन दिएको हो ।

निर्जीवन बीमकहरूको जोखिम समूहको दाबी व्यहोर्ने, पुनर्बिमाको व्यवस्था गर्न तथा सोसँग सम्बन्धित अन्य बीमा जोखिमहरूको भुक्तानी गर्ने काम २०६० असोज ३० मा सरकारले जारी गरेको आकस्मिक बीमा कोषले गर्दै आएको थियो ।

२०७१ साउन २२ गतेको सरकारको निर्णय अनुसार कोषले कोषको हक, अधिकार, सम्पत्ति तथा दायित्व नेपाल पुनर्बिमा कम्पनीमा सर्ने व्यवस्था गरिएको थियो । तर प्राधिकरणले सो व्यवस्था विपरीत निजीस्तरबाट संञ्चालन भएको हिमालयन पुनर्बिमा कम्पनीलाई पनि भाग लगाउन निर्देशन दिएको थियो ।

सरकारले उक्त निर्णयलाई खारेज गर्दै पुन: निर्जीवन बीमा कम्पनीहरुको जोखिम समूह अन्तरगतको पुल व्यवसाय यथावत रुपमा नेपाल पुनर्बीमा कम्पनीलाई उपलब्ध गराउन प्राधिकरणले निर्देशन दिएको हो ।


प्रतिक्रिया दिनुहोस्