पुँजी पुर्याउन ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रभु इन्स्योरेन्सको निर्णय, प्राधिकरणसंग माग्यो अनुमति
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । सो बराबरको हकप्रद सेयर निष्काशनका लागि नेपाल बीमा प्राधिकरणसंग अनुमति मागेको छ ।
पुँजी पुर्याउनका लागि विदेशी साझेदारसंग छलफल भईरहेको तर निर्णय नभएको कम्पनीले जनाएको छ। पुँजी वृद्धिका लागि नै ६५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको कम्पनीले जनाएको छ ।
कम्पनीको निर्णयलाई स्वीकृतिका लागि बीमा प्राधिकरणमा पठाइएको कम्पनीले जनाएको छ।













