प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का, तीनभित्र स्पष्टीकरण बुझाउन नेप्सेको पत्र
काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । प्रभुले समयमै हकप्रद सेयर निष्काशन गर्ने जानकारी समयै नदिएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबार रोक्का गरिदिएको हो ।
कारोबार रोक्कासंगै नेप्सेलाई हकप्रद सेयर निष्काशनको निर्णय समयमै किन जानकारी नगराएको भन्दै स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण दिनभित्र कारण खुलाएर नेप्सेमा पेश गर्न भनिएको छ ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि त्यस्तो सूचना, जानकारी तथा निर्णय सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेको छ । तर, प्रभु इन्स्योरेन्सले गत असार २७ गते सञ्चालक समितिको बैठक बसी हकप्रद शेयर जारी गर्ने सम्बन्धी निर्णय गरेता पनि सो जानकारी नेप्से समक्ष साउन ४ गते मात्र उपलब्ध गराएको थियो ।
उक्त विनियमावलीको विनियम १६(१) (ख) मा भएको व्यवस्था अनुरुप प्रभुको धितोपत्रको कारोवार स्थगन गरिएको नेप्सेको भनाई छ ।

यो पनि पढ्नुहोस्,













