बरामद सुन राष्ट्र बैंकले किन्ने, अन्तर्राष्ट्रिय बजारको मूल्य भन्दा ५ प्रतिशत बढी रकम दिने
काठमाडौं । अवैध रुपमा नेपाल भित्रिएको सुन नेपाल राष्ट्र बैंकले खरिद गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालको भन्सार छलेर ल्याएको ठुलो परिमाणको सुन राष्ट्र बैंकले खरिद गर्ने भएको हो ।
बरामद गरिएको सुन अहिले अनुसन्धान र परीक्षणकै क्रममा छ । सो सुनको तौल र गुणस्तर जाँचे हुँदैछ । प्राविधिक परीक्षणपछि मात्रै कुन धातु, कस्तो गुणस्तरको र कति परिमाणको भन्ने यकिन हुनेछ । अनुसन्धान प्रक्रिया टुंगिएपछि त्यो सुन राष्ट्र बैंकले खरिद गर्ने भएको हो ।
राजश्व छलेर आएको सुन बरामद पछि त्यो स्वत: सरकारको सम्पत्ति हुन्छ । सुन बराबरको मूल्य सरकारी खातामा जम्मा गरिदिएपछि नेपाल राष्ट्र बैंकले राख्दछ । त्यो सुन अन्तर्राष्ट्रिय बजारको मूल्यभन्दा पाँच प्रतिशत बढी रकम दिने केन्द्रीय बैंकले जनाएको छ ।













