कांग्रेसबाट निर्वाचित पूर्वीचौकीका २ वडाअध्यक्ष जुवा खालबाटै पक्राउ, माओवादी कार्यकर्ता पनि फन्दामा
काठमाडौं । मंगलबार साँझ धनगढीको बसपार्कमा १० जना जुवाडेको झुन्ड प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेहरु डोटी जिल्ला पूर्वीचौकी गाउँपालिकाका वडा अध्यक्ष र राजनिति कार्यक्रर्ता रहेको खुलेको छ ।
धनगढी उप–महानगरपालिका ४ बसपार्क स्थित एक होटलमा तास खेलिरहेको अवस्थामा साँझ ५ बजे एक लाख चार हजार ८१० रुपैयाँ नगद र दुई गड्डी तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रक्राउ परेकामा दुई जना वडा अध्यक्ष रहेको खुलेको हो । योगेन्द्र ठकुल्ला पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष र खड्क साउँद पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ५ अध्यक्ष रहेको खुलेको हो । उनीहरु दुबैं जना कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
३० वर्षीय देव बहादुर खड्का एकीकृत समाजवादीका पार्टीका प्रदेश कमिटि सदस्य, ३२ वर्षीय धन बहादुर बिष्ट माओवादी केन्द्र प्रदेश कमिटि सदस्य तथा पूर्वीचौकी इञ्चार्ज र स्थायी घर पूर्वीचौकी गाउँपालिका वडा नम्बर ७ भएका कुवेर खड्का नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य हुन् ।
४५ वर्षिय पुरनबहादुर खड्का शिक्षक, ३० वर्षीय सुजित खड्का सिलगढी खानोपानी तथा सरसफाइका कर्मचारी रहेको स्रोतले बताएको छ । डोटी पुर्वीचौकी गाँउपालिका वडा नम्बर ३ का २५ वर्षीय अमित बोहरा वडा नम्बर ६ का ३४ वर्षीय अविनाश कठायत पनि प्रक्राउ गरेका छन् । बोहरा र अविनाश पनि कांग्रेसमा आवद्ध रहेको स्रोतले जनाएको छ । कलेल होटलबाट सञ्चालक तेजबहादुर कलेललाई पनि प्रहरीले प्रक्राउ गरेको हो ।













