मर्जपछि ‘प्रभु महालक्ष्मी’ लाइफको सीइओमा भट्टराईको नियुक्तिलाई प्राधिकरणद्वारा स्वीकृत
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रमेश कुमार भट्टराई नियुक्त भएका छन् ।
मर्जपछिको संचालक समितिले भट्टराईलाई सीईओमा नियुक्ति गर्न नेपाल बीमा प्राधिकरणलाई स्वीकृति पेश गरेको थियो । बिहीबार बीमा प्राधिकरणले प्रभु महालक्ष्मीको नियुक्ति स्वीकृत गरेको हो ।
उनी अब आगामी चार वर्षका लागि कम्पनीका सीइओ बनेका हुन् । व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्सको स्थापनाकालदेखिको सीइओको रुपमा रहँदै आएका थिए ।
उनले २०३८ सालमा नेपाल बैंकको अधिकृतबाट बैकिङ करिअर प्रारम्भ गरेका थिए । भट्टराई विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् ।
प्रभु र महालक्ष्मी लाइफ एक आपसमा गाभिएर गत असार २९ गतेदेखि एकीकृत कारोबार थालनी गरिसकेका छन् ।













