गार्डियन माइक्रो लाइफको एक महिना: कमायो २५ लाख बढी नाफा, जगेडा कोषमा २२ लाख, १२७ वटा बीमालेख जारी
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को अनितम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरवण अनुसार कम्पनीले २५ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छन् । कम्पनीले संचालनको एक महिनामै सो बराबरको खुद नाफा आर्जन गरेको हो ।
गार्डियन माइक्रो लाइफमा नेपाल पहिलो लघुबीमा कम्पनी हो । यो कम्पनी गत असार २२ गतेदेखि व्यवसायिक कारोबार थालनी गरेको थियो । कम्पनीले कोशी प्रदेशको विराटनगरमा केन्द्रीय कार्यालय रहेको छ ।
समिक्षा अवधिमा कम्पनीले ९१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने कुल बीमा शुल्क आर्जन १ लाख ४१ हजार रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीले १२७ वटा बीमालेख जारी गरेको छ ।
कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा २२ लाख ८१ हजार रुपैयाँ राखेको छ । यता, महाविपत्ती कोषमा भने २ लाख ५३ हजार रुपैयाँ राखेको छ ।













